Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना भाइरस

    २७० जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु, ३०२ जना डिस्चार्ज

    २७० जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु, ३०२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ७०  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा ३०२ जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८२९  पीसीआर परीक्षणमा २४२ र २ हजार ६१७ एन्टिजेन परीक्षणमा २८ जना गरी २७० जनामा संक्रमण पुष्टि भएको हो।



    पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४४६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५१८ को पुगेको छ ।

    देशभर पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार