Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

    बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    जुम्ला । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।



    शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका उनीहरुको बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले घटनास्थलमै मृत्यु भएको हो ।



    घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ । उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

    घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएकोे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार