Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सांघाईमा तीन वटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द

    सांघाईमा तीन वटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरेको छ। साथै, केही विद्यालयहरू पनि बन्द गरिएको छ ।

    बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ।



    साघांइबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ ।



    शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार