Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘ओमिक्रोन भेरियन्ट’को असर: विश्व सेयरबजार र पेट्रोलियम मूल्यमा भारी गिरावट

    ‘ओमिक्रोन भेरियन्ट’को असर: विश्व सेयरबजार र पेट्रोलियम मूल्यमा भारी गिरावट

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ ”कन्सर्न” घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ।

    यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।



    यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ।



    कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्।

    दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ।

    अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ। युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।

    महामारी पछिको अर्थतन्त्र पुनरुत्थानका लागि ‘भ्याक्सिन इकोनोमी’ लाई महत्त्वपूर्ण कडी मानिएको थियो । तर, कोभिडको नयाँ भेरियन्टका लागि भ्याक्सिन पनि कम प्रभावकारी हुने ब्लूएचओको चेतावनीपछि फेरी महामारीको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ।

    अहिले विश्व सेयर बजार र पेट्रोलियमको मूल्यमा गिरावट सुरु भइसकेको छ । न्युयोर्क टाइम्सका अनुसार पुँजीबजार र पेट्रोलियम उत्पादनको मूल्य घट्न थालेको छ भने सुनको मूल्य बढ्दो क्रममा देखिएको छ । युरोपियन स्टक मार्केट पछिल्लो २ दिन अर्थात् बिहीबार र शुक्रबार मात्र ३ देखि ५ प्रतिशतसम्मले घटेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार