Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपालमा राजतन्त्र फर्काउन र हिन्दु राष्ट्र बनाउन गुप्त अभियान चलिरहेको भारतीय नेताको दावी

    नेपालमा राजतन्त्र फर्काउन र हिन्दु राष्ट्र बनाउन गुप्त अभियान चलिरहेको भारतीय नेताको दावी

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको खुलासा गरेका छन्।

    एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान नै रहेको भन्दै सावधान रहन सबैलाई आग्रह गरे। भाजपा फाँसीवादतर्फ तिव्र रूपमा अगाडि बढिरहेको उनको भनाइ छ।



    भाजपाका कारण भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको सिंहले बताए। भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको उनले आरोप लगाए।



    भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि उनले बताए। आरएसएसबाट नेपालमा दर्जनौं विभिन्न फण्ड चलिरहेको बताउदै उनले हिन्दु धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार