Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओमाइक्रोन भेरिएन्ट :

    नेपाल आउने यात्रुले पनि सातदिन क्वारेन्टिनमा बस्नुपर्ने, हङकङ बारे भोली निर्णय हुँदै

    नेपाल आउने यात्रुले पनि सातदिन क्वारेन्टिनमा बस्नुपर्ने, हङकङ बारे भोली निर्णय हुँदै

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजाति ओमाइक्रोनको संक्रमण पुष्टि भएपछि विभिन्न देशले दक्षिण अफ्रिकी मुलुकसँग हुने हवाइ उडानमा प्रतिबन्ध लगाएका छन् भने कतिपयले परीक्षणमा कडाइ गरेका छन् ।

    न्युयोर्कमा संकटकाल लागू भइसकेको छ भने बेलायतद्धारा विभिन्न ६ देशबाट आउने उडान सेवा बन्द गरिसकेको छ । त्यसैगरी छिमेकी मुलुक भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रभावित देशबाट हुने सबै फ्लाइट रद्द गर्न माग गरेका छन्। उनले अफ्रिकालगायत प्रभावित देशको यात्रामा पनि प्रतिबन्ध लगाउन माग गरेका छन् ।



    नेपालले पनि सम्भावित संक्रमण रोकथामका लागि दक्षिण अफ्रिकाबाट आउने यात्रुमा परीक्षण गर्दै निगरानी बढाउने भएको छ ।



    स्वास्थ्य मन्त्रालयका अनुसार त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाइ यात्रुलाई अनिवार्य एकसाताको लागि क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको बताए ।

    दक्षिण अफ्रिकासँग नेपालको सीधा हवाइ सम्पर्क नभएपनि त्यस क्षेत्रबाट आउने यात्रुहरुलाई विमानस्थलमा अनिवार्य निगरानी परीक्षण र क्वारेन्टिमा पठाउने मन्त्रालयले जनाएको छ ।

    खोप नलगाइ आउने यात्रुलाई नेपालले एकसाता क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याएको छ भने खोप लगाइसकेकालाई होटल क्वारेन्टिन अनिवार्य गरिएको छैन । विदेशबाट आउने यात्रुले विमानस्थलमा अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने नियम चाहिँ छ ।

    दक्षिण अफ्रिकामा यसैसाता संक्रमण पुष्टि भएको कोरोनाको नयाँ प्रजाति ओमाइक्रोन अहिले नेपालसँग सीधा हवाइ सम्पर्क भएको हङकङमा समेत पुष्टि भएको छ । दक्षिण अफ्रिकी मुलुकहरुसहित बेल्जियम, जर्मनी, इजरायलमा संक्रमण पुष्टि भैसकेको छ ।

    हङकङसँग सीधा उडान भएकाले पनि नेपाललाई जोखिम रहेको प्रवक्ता पौडेलले बताए । हङकङसँगको हवाइ उडानलाई के गर्ने भन्नेबारे निर्णय गर्न आइतबार बिहान बस्ने कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) को बैठकले निर्णय गर्ने भएको छ ।

    अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ । अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार