Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 813
    SHARES

    फाइल : तस्बिर

    बुटवल । रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका छन् ।



    प्रहरीका अनुसार बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नम्बरको ट्रकले ग११प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गीतानाथ र सुदीप घाइते भएका थिए ।



    गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार