Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

    कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.3K
    SHARES

    नुवाकोट । नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।

    सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् ।



    शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ ।



    सभापतिमा विजयी महत डा. रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा. केसी अर्जुननरसिंह केसीका भाइ हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार