Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘योगी नरहरिनाथको दस्तावेज चोरेर रामदेवले जडिबुटीको साम्राज्य खडा गरे’

    ‘योगी नरहरिनाथको दस्तावेज चोरेर रामदेवले जडिबुटीको साम्राज्य खडा गरे’

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.9K
    SHARES

    सप्तरी।  योगी नरहरिनाथको दस्तावेज चोरेर रामदेवले जडिबुटिको साम्राज्य खडा गरेको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले बताएका छन् । उनले गोठ र गाँजा खेतीलाई संस्थागत गर्न सकियो भने देशमा आर्थिक क्रान्ति सम्भव रहेको बताए ।

    विश्व हिन्दु युवा संघ सप्तरीले शनिबार राजविराजमा आयोजित ‘गौ रक्षा र नेपालको राष्ट्रिय सुरक्षा ‘बारे परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले यस्तो बताएका हुन् । उनले भने, ‘युएईले गाँजालाई लागू औषधको लिष्टबाट हटाएर आौषधिजन्य बिरुवा घोषणा गरिसकेको छ । हाम्रो सरकारलाई अहिले सम्म जानकारी भएको छैन् ।’



    अध्यक्ष शाहले भने अवको नेतृत्वले देशमा नीति निर्माण गर्न सकियो भने १० वर्षमा नेपाली युवा मात्रै नभई विदेशी युवालाई जागिर दिने हैसियत हाम्रो देशले राख्नेमा कुनै दुई मत नरहेको  जिकिर गरे ।



    हाम्रो गाउँठाउँमा पाईने गाईमा सयौ रोग विनाशक शक्ति रहेकोले गाईको महत्वलाई बुझ्न सक्यो भने मानव स्वास्थ्यका लागि अस्पताल नै जान नपर्ने जिकिर गरे । तीव्रताले बढिरहेको विदेशी संस्कृतिले हाम्रो पहिचान र संस्कृतिलाई मास्ने काम भईरहेको भन्दै सनातन  धर्मप्रति पहरेदारी गर्नु पर्ने समय आएको अध्यक्ष शाहले बताए ।

    उनले भने, ‘मैथिली साहित्य परिषदको महासचिव करुणा झा भन्नि, संसारमा नेपाल तीन वटा कुराले चिनिन्छ तर हिन्दु राष्ट्रियको पहिचान गुमाउनु आफैमा चिन्ताको विषय हो । प्रकृतिमा हरेक कुरा स्नातन भएको र मावन पनि हुनुपर्छ, जुन हिन्दु धर्म, संस्कृतिमा भेटिन्छ । हिन्दु धर्म र संस्कृतिले मुलुकलाई शिक्षाबाट समेत देखाउने काम गर्दछ ।’

    नेपालको पहिचान र ९० प्रतिशत नेपाली जनताको भावनासँग जोडेको हिन्दुराज्यलाई रातारात धर्म निरपेक्ष घोषणा गर्नु नै राष्ट्र र जनताप्रति अन्याय भएको कार्यक्रमा वक्ताहरूको भनाई  थियो ।

    विश्व हिन्दु युवा संघ सप्तरीका अध्यक्ष दिपेश देव जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार