Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस दाङ सभापतिमा ४ जनाको उम्मेदवारी

    कांग्रेस दाङ सभापतिमा ४ जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 999
    SHARES

    फाइल फोटो

    दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।

    संस्थापन पक्षधरबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरू तीनैजना संस्थापन पक्षका हुन् ।



    त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गराएको छ । उनी हालका जिल्ला सचिव हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार