Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ कुन–कुन देशमा फैलियो ?

    कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ कुन–कुन देशमा फैलियो ?

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टले विश्वलाई फेरि हलचल गराएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘ ओमिक्रोन’ नाम दिएको भेरिउन्टको विश्वको विभिन्न देशहरुमा पुष्टि भएको छ।

    यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो। अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ। डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गरेको छ।



    अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन्।



    ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ। यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ। नेपालको स्वास्थ्य मन्त्रालयले पनि नयाँ भेरिएन्टको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिएको छ। मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार