Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बुटवलमा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

    बुटवलमा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    बुटवल । बुटवल उपमहानगरपालिका कार्यालयको निर्माणाधिन भवनको विद्युत् विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । करेन्ट लागेर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



    करेन्ट लागेर सम्मरीमाई गाउँपालिकाका जीतेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिकाका राजगोपाल चौधरी घाइते भएका छन् । दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार