Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • खैरो हिरोइनसहित २ जना पक्राउ

    खैरो हिरोइनसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    मकवानपुर । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागूपदार्थ खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा रहेका छन्।



    जिल्ला प्रहरी कार्यालयका मकवानपुरका अनुसार उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००२ प १९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथमा लागु औषध फेला परेको थियो।



    प्लाष्टिकको पोकामा लुकाएको सो खैरो हेरोइनसहित पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार