Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मुख्यमन्त्री पोखरेल र प्रधानसेनापति शर्माबीच भेट

    मुख्यमन्त्री पोखरेल र प्रधानसेनापति शर्माबीच भेट

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.3K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानसेनापति प्रभुराम शर्माका बीच आइतबार भेटवार्ता सम्पन्न भएको छ ।

    मुख्यमन्त्री कार्यालयमै भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।



    सो अवसरमा मुख्यमन्त्री पोखरेलले मुलुकका हितमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कोरोनाकाल, प्राकृतिक विपत्तिका समय नेपाली सेना अग्रपङ्क्तिमा खटिएको जनाउँदै उनले सीमित स्रोत र साधनका बीच सेनाले नागरिकका सेवामा खटिएको स्मरण गर्नुभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।



    सो अवसरमा प्रधानसेनापति शर्माले सेना राष्ट्रहित , विकास निर्माणका साथै मुलुकलाई चाहिएका खण्डमा हरदम सेवामा तत्पर रहेको बताए । उनले आफूले जिम्मेवारी लिएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको जानकारी दिए ।

    विपत्तिका समयमा सहरमा खाली स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमिन बचाइराख्नुपर्ने उनको सुझाव छ । आइतबार मनाङ हुँदै पोखरा आएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार