Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पशुपतिको कोषाध्यक्ष नियुक्तिमा ओलीनिकट ब्यापारीको चलखेल, माधव नेपाललाई समेत गुमराहमा पार्न खोजियो

    पशुपतिको कोषाध्यक्ष नियुक्तिमा ओलीनिकट ब्यापारीको चलखेल, माधव नेपाललाई समेत गुमराहमा पार्न खोजियो

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 3.5K
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष नियुक्तिमा तीव्र चलखेल भएको छ । बालुवाका ठेकेदारहरुले आफू अनुकूलको कोषाध्यक्ष ल्याउन चलखेल गरेका छन् । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा गोठाटारमा सयौं रोपनी जग्गा छ । उक्त जग्गाको बालुवा अर्बाैं मूल्य बराबरको छ । उक्त बालुवा बेचविखन गरेर अर्बभन्दा बढी आम्दानी गर्ने योजनासहित केही ठेकेदार, बिचौलिया र माफियाहरु सक्रिय भएका छन् । उनीहरुले आफ्नो सेटिङको ब्यक्तिलाई कोषाध्यक्षमा ल्याउन चलखेल गरिरहेका छन् ।

    संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेमात्र होइन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत प्रभावमा पार्न उनीहरु लागेका छन् । यद्यपि माधव नेपाललाई प्रभावमा पार्न भने उनीहरु सकिरहेका छैनन् । बालुवा तस्करहरुले एकीकृत समाजवादी पार्टी काठमाडौं जिल्ला कमिटीलाई समेत प्रभावमा पारिसकेका छन् । एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीले सेटिङ मिलाई शशी पाण्डेलाई कोषको कोषाध्यक्ष नियुक्तिको सिफारिस गराएको छ ।



    यता, केपी ओलीको कोरटिमका विवादित ब्यापारी बालकृष्ण शिवाकोटी र भक्त लामा पनि शशी पाण्डेलाई नियुक्ति गराउन लागेका छन् । बालकृष्ण शिवाकोटी एमाले अध्यक्ष केपी ओलीका भित्रीया हुन् । ओलीले उनलाई लगानीबोर्डको बोर्ड सदस्य, उनका भाई रमेश शिवाकोटीलाई पशुपति क्षेत्र विकास कोषको सदस्य र श्रीमती दिपा दाहाललाई बन पैदाबर बिकास समितिको कार्यकारी निर्देशक बनाएका थिए ।



    पशुपति बिकास कोषमा ओलीका दाहिना तिनै बालकृष्णको हैकम चल्ने गरेको छ । बालकृष्णले अहिले भक्त लामा प्रयोग गरी पशुपति विकास कोषमा प्रधानन्यायाधिस चोलेन्द्रशमशेर राणामार्फत् मिलनकुमार थापालाई सदस्य सचिव नियुक्त गराइसकेका छन् भने अब कोषाध्यक्षमा शशी पाण्डे ल्याउने चलखेल अन्तर्गत माधव नेपाललाई समेत प्रभावमा पार्न लागेका छन् । पशुपति क्षोत्र विकास कोषलाई आफ्नो विर्ताझै बनाएका सिवाकोटी कोषको बालुवाखानी सञ्चालन गर्ने योजनामा रहेको स्रोत बताउँछ । एक वर्षअघि कोषको ११ किलो सुनमा भएको हिनामिना प्रकरणमा पनि सिवाकोटी विवादमा परेका छन् ।

    अहिले कोषको कोषाध्यक्ष पनि आफ्नो मान्छे ल्याउने भन्दै सिवाकोटी र भक्त लामाले शशीराज पाण्डेलाई नियुक्ति गराउने प्रयास गरेका हुन् । पाण्डेलाई नियुक्ति गर्न सिवाकोटी, लामासहितको एउटा टोलीले एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीलाई ५० लाखसम्म चन्दा दिने आश्वासन दिएको एकीकृत समाजवादीका एक जिल्ला सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार जिल्ला कमिटीका केही पदाधिकारीहरु यो विषय बोकेर अध्यक्ष माधव नेपालसम्म पनि पुगेको स्रोतले बतायो । तर, निर्णय भने भइसकेको छैन ।

    विवादस्पद सदस्यसचिव मिलनकुमार थापा संयोजक भएको बेलामा ११ किलो सुन हराएको मुद्दा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । त्यो मुद्दामा सिवाकोटी पनि तानिने सम्भावना छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नाता लगाएका सिवाकोटी चाहिं लगानी बोर्डको सदस्य पनि नियुक्त भएका थिए । ओलीका खास भित्रिया रहेको सिवाकोटी काठ व्यापारी पनि हुन् ।

    उनले नै अहिले आफू अनुकूलको कोषाध्यक्ष ल्याउन पाण्डेलाई अगाडि सारेको सूचना माधव नेपालसम्म पनि पुगेको खबर छ । त्यसैले मन्त्री प्रेम आलेले निर्णय लिइसकेका छैनन् । कोषाध्यक्षमा पहिला सहारा न्यौपानेलाई नियुक्ति गराउने खेल भएको थियो । उनको शैक्षिक योग्यता नपुग्ने भएपछि नियुक्ति रोकिएको थियो । सहाराको नियुक्ति पनि शिवाकोटीकै डिजाइनमा भएको स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार