Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाँच एसएसपीको सरुवा, सातको पदस्थापन

    पाँच एसएसपीको सरुवा, सातको पदस्थापन

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) हरुको सरुवा गरेको छ ।

    मंसिर १२ गतेको निर्णय अनुसार एससएसपी दिपक थापाको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग वृत्ति विकास महाशाखा नक्साल, मोहनप्रसाद पोखरेलको बागमती प्रदेश तालिम केन्द्र, दुधौली, किरण बज्राचार्यको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, यज्ञविनोद पोखरेलको ललितपुर परिसर र अर्जुनचन्द ठकुरीको सूदुरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलमा सरुवा भएको छ ।



    सरुवा भएका काठमाडौंका एसएसपी अशोक सिंहको भने हेडक्वार्टरले निकालेको सूचीमा नाम छैन । स्रोतका अनुसार उनलाई कांग्रेस महाधिवेशनपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीमा पठाउने गृह मन्त्रालयको तयारी छ ।



    त्यसैगरी एसपीबाट बढुवा भएका सात जना एसएसपीहरुको पनि पदस्थापन भएको छ ।

    जसअनुसार एसएसपी विकासराज खनालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, अनुराग द्धिवेदीको प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा, राजेन्द्र सिंह खड्काको कर्णाली प्रदेश कार्यालय सुर्खेत, योगबहादुर पालको २ नम्बर प्रदेश कार्यालय जनकपुर, टिकाबहादुर केसीको गण्डकी प्रदेश कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, ध्रुवराज राउतको बागमती प्रदेश कार्यालय हेटौडा र योगबहादुर रावलको सूदुरपश्चिम प्रहरी कार्यालय धनगढीमा सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार