Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • २५९ जनामा कोरोना पुष्टि हुँदा २६४ जना संक्रमणमुक्त

    २५९ जनामा कोरोना पुष्टि हुँदा २६४ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।



    गत २४ घण्टामा २६४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ।



    उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ।

    हाल ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको भनाइ छ। १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार