Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कालीगण्डकी करिडोरमा ट्र्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

    कालीगण्डकी करिडोरमा ट्र्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.2K
    SHARES

    file photo

    बागलुङ । बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो ।



    दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन । दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ ।



    घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार