Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • म्याग्दी जीप दुर्घटनामा ३ जनाको मृत्यु

    म्याग्दी जीप दुर्घटनामा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 903
    SHARES

    म्याग्दी । म्याग्दीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटना भएको हो।

    दुर्घटनामा काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक श्याम राईका अनुसार घटनामा गाडीधनी समेत रहेका चालक दूतबहादुर पुन, मनोज पुन, भीम फगामी, बलबहादुर विक र नाम नखुलेका एक यात्रु घाइते छन्।



    घाइतेहरुको सदरमुकामस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ। बेनी अस्पतालका अनुसार घाइतेहरुलाई थप उपचारका लागि पोखरा रिफर गर्न लागिएको छ।
    उकालो टर्निङ लिन नसक्दा जीप सडकबाट ५० मिटर तल खसेको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार