Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • म्याग्दीमा भएको जीप दुर्घटनामा वडा सदस्यसहित ४ को मृत्यु

    म्याग्दीमा भएको जीप दुर्घटनामा वडा सदस्यसहित ४ को मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.2K
    SHARES

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

    मृतकमध्ये एकजना निर्वाचित वडासदस्य रहेको प्रहरीले जानकारी दिएको छ। बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना भएको थियो।



    मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिएका छन्।



    प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन्। पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको हो।

    दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको छ। उकालो टर्निङ लिन नसक्दा जीप सडकबाट ५० मिटर तल खोल्सामा झरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार