Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमाले अध्यक्षमा पुन: केपी ओली निर्वाचित, रावलले पाए २२३ मत

    एमाले अध्यक्षमा पुन: केपी ओली निर्वाचित, रावलले पाए २२३ मत

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् ।

    गत मङ्सिर १०देखि चितवनमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।



    निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा ओलीका प्रतिद्वन्दी भीम रावलले २२३ मत पाएका छन् ।यद्यपि नतिजाको औपचारिक घोषणा गर्न नै रहेको छ।



    सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो।

    यसअघि ओलीले नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार