Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण सौराहामा

    एमाले नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण सौराहामा

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै हुने भएको छ।

    यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा निर्वाचित भएका नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै हुने भएको हो।



    को-को निर्वाचित भए ?



    एमालेले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेका हुन्।

    यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् भने तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्।

    यस्तै, एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छन् । शाक्यसँगै उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् ।

    यसैगरी, एमालेको सात सचिव निर्वाचित भएका छन् । जसअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार