Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २५५ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु, २५६ जना डिस्चार्ज

    २५५ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु, २५६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    देशभरि ६ हजार ४६९ जनाको नमूना परीक्षण गर्दा २५५ जनामा संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।



    मन्त्रालयका अनुसार ४ हजार ३२९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको थियो।



    त्यस्तै पछिल्लो २४ घण्टामा २५६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन २ जना संक्रमितको मृत्यु भएको छ।

    मन्त्रालयका अनुसार नेपालमा ६ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार