Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चुनावपछि ठूलो जनादेशसहित पुनः सत्तामा आउने एमालेको उद्घोष, १७ बुँदे घोषणापत्र जारी

    चुनावपछि ठूलो जनादेशसहित पुनः सत्तामा आउने एमालेको उद्घोष, १७ बुँदे घोषणापत्र जारी

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.5K
    SHARES

    चितवन । गत मंसिर १० गतेदेखि चितवनको सौराहामा जारी रहेको नेकपा एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

    मंगलबार नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको थियो ।



    घोषणापत्रमा चुनावपछि जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख गरिएको छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।



    घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । यस्तै, महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिकको विश्वास गुमाउँदै गएको ठहर समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार