Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विश्वप्रकाश शर्मालाई प्रधानमन्त्री देउवाको जवाफ- बुढापाकालाई अर्ती दिने होइन, लिने हो

    विश्वप्रकाश शर्मालाई प्रधानमन्त्री देउवाको जवाफ- बुढापाकालाई अर्ती दिने होइन, लिने हो

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई आफूभन्दा ठूलालाई अर्ती नदिन र आफूभन्दा ठूलाबडाको कुरा सुन्न आग्रह गरेका छन् ।

    मंगलबार नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणामाथि लेखिएको ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तकको सार्वजनिक समारोहमा प्रधानमन्त्री देउवाले प्रवक्ता शर्मालाई जवाफ फर्काउदै यस्तो आग्रह गरेका हुन्।



    सभापति देउवाले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रामचन्द्र घिमिरेद्वारा लिखित उक्त पुस्तक लोकार्पण गर्दै प्रवक्ता शर्माको जवाफ फर्काए । शर्माले ‘सल्लाह दिन्छु’ भनेको तर्फ संकेत गर्दै देउवाले अर्ती दिने काम बुढापाकाको भएको बताए । ‘बुढापाकालाई अर्ती दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो । हतार नगर्नुस्, अर्ती दिने हैन लिनुस्’, देउवाले भने ।



    शर्माको प्रस्ताव ‘भन्न सजिलो तर गर्न गार्‍हो’ रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘अरुलाई भन्न त सजिलो छ आफ्नो लागि हो भने गार्‍हो छ । हतार नगर्नुस् क्या पालो आउँछ’, देउवाले भने ।

    त्यसअघि प्रवक्ता शर्माले मन्तव्यका क्रममा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि राखेको राजनीतिक प्रस्तावको व्याख्या गरेका थिए । उनले सभापति देउवालाई ‘एउटा सल्लाह दिन चाहन्छु’ भन्दै १ पटकभन्दा बढी राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री, ३ पटकभन्दा बढी मन्त्री र ४ पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव राखेका थिए।

    ‘मैले राजनीति बदल्ने प्रस्ताव बोकेर धेरै जिल्ला पुग्दा साथीहरूले शेरबहादुर देउवा त ५ पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्नुहुन्छ । हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु’, शर्माले भने ।

    कार्यक्रममा अर्का नेता एवं पार्टी सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा समस्या आएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार