Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ओमिक्रोन: अबदेखि नेपाल आउनेहरु क्वारेन्टाइनमा बस्नुपर्ने

    ओमिक्रोन: अबदेखि नेपाल आउनेहरु क्वारेन्टाइनमा बस्नुपर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गर्दै यसको रोकथामका लागि आदेश जारी गरेको छ।

    हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सङ्क्रमण फैलन सक्ने सम्भावना निकै बढी रहेको जनाएको छ।



    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारले यस रोगलाई भित्रिन नदिन अत्यावश्यक सावधानी अपनाएको छ। जसअन्तर्गत सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।



    कोरोनाकै नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै डब्ल्यूएचओले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार