Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चीनमा हुन लागेको ओलम्पिक र पाराओलम्पिक खेलकुदमा भारतले समर्थन जनायो

    चीनमा हुन लागेको ओलम्पिक र पाराओलम्पिक खेलकुदमा भारतले समर्थन जनायो

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी। भारत र चीनबीच सीमामा अझै तनाव कम भएको छैन।  तर, शुक्रबार भारतले सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिक र पाराओलम्पिक खेलकुद आयोजनाका लागि चीनलाई समर्थन गरेको छ ।

    अर्कोतर्फ, मानवअधिकार उल्लङ्घन भएको अवस्थामा अमेरिकाले यो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको कूटनीतिक बहिष्कार गर्न सक्ने संकेत दिएको छ ।



    विगत १९ महिनादेखि भारत र चीनबीचको सीमा क्षेत्रमा तनाव छ । धेरै मिडिया रिपोर्टहरूमा  चीनले भारतसँगको सीमामा सैन्य आधार थप बलियो बनाइरहेको उल्लेख गरिएको छ ।



    तर शुक्रबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भर्चुअल भेटमा भारतीय विदेशमन्त्री एस जयशंकरले शीतकालीन ओलम्पिक र पाराओलम्पिक खेलकुद आयोजना गर्न चीनलाई समर्थन गरेका छन् ।

    रुस, चीन र भारतका विदेशमन्त्रीहरुको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरिएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीहरूले २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिक र पाराओलम्पिक खेलकुदको आयोजनालाई समर्थन गरेका छन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार