Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल प्रहरीमा तीन पद थपियो

    नेपाल प्रहरीमा तीन पद थपियो

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ संशोधनसहित तीन पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद रहेका छन् ।



    त्यस्तै हबल्दार पदमा पनि वरिष्ठ हबल्दार, हबल्दार र सहायक हबल्दार दर्जाको व्यवस्था गरिएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार नयाँ थप गरिएका वरिष्ठ सईहरूको सेवा सुविधा प्रहरी निरीक्षकसरह हुनेछ ।



    सई पदमा करिब चार हजार पाँच सय जनशक्ति रहेको छ । गोरखापत्र दैनिकमा यो समचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार