Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित दुई युवक पक्राउ

    सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.3K
    SHARES

    सिरहा । सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका वडा नम्वर ११ बस्ने २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका वडा नम्वर ६ बस्ने २५ वर्षीय मो.समिम अख्तर रहेका छन्।



    दुबै जनाको साथबाट प्रहरीले ५० ग्राम सुन र ५४ हजार नेपाली नगद सिरहा प्रहरीले बरामद गरेको हो ।



    मंगलबार अपराहन्न सिरहाको लहान नगरपालिका वडा नम्वर ७ स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलिले स.८.प ६०७७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा दुबै जनालाई प्रहरीले सुन र नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

    सुन ३ लाख ९१ हजार ८०३ रुपैयाँ बराबरको रहेको प्रवक्ता बुढाथोकिले बताए । दुबै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार