Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चितवन मालपोतमा अख्तियारको छापा, घुससहित यसरी पक्राउ परे कार्यालय प्रमुख र वडाका अमिन

    चितवन मालपोतमा अख्तियारको छापा, घुससहित यसरी पक्राउ परे कार्यालय प्रमुख र वडाका अमिन

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.4K
    SHARES

    भरतपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मालपोत कार्यालय चितवन चनौलीका अधिकृत  र वडा कार्यालयका अमिनलाई घुससहित पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायत रहेका छन् ।  उनीहरुलाई घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।



    अख्तियारका अनुसार मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए ।



    जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

    प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो ।

    यस्तै, अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए । उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार