Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्वोच्चमा प्रश्न- कायममुकायम प्रधानन्यायाधीश जिम्मा कसलाई दिइयो ?

    सर्वोच्चमा प्रश्न- कायममुकायम प्रधानन्यायाधीश जिम्मा कसलाई दिइयो ?

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 801
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालतमा कायमुकायम प्रधानन्यायाधीशको जिम्मा कसलाई दिइएको छ भन्ने प्रश्न उठेको छ।

    गत सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या (कोरोना पोजेटिभ) भएपछि बलम्बूस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारारत रहेका छन्।



    प्रधानन्यायाधीश बिरामी भई अस्पताल भर्ना भएको अवस्थामा कानुन व्यवसायीहरूले कायमुकायम कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि बुधबारको इजलास समेत प्रभावित भएको छ ।



    सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार कानुन व्यवसायीहरूले कायममुकायमको जिम्मेवारीबारे प्रश्न उठाएपछि आफूहरू छलफलमा बसेको बताएका छन् ।

    यता प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको नेपाल बार एसोसियसनले कायममुकायम प्रधानन्यायाधीशको टुंगो नलागेसम्म इजलासमा नजाने बताएका छन् ।

    स्रोतका अनुसार बुधबार न्यायाधीहरूले केही मुद्दामा मात्र सुनुवाइ गरेर आन्तरिक छलफलमा जुटेका हुन् ।

    सोमबारदेखि अस्पतालमा भर्ना भएका जबराले बिदा भने लिएका छैनन् । अस्पताल भर्ना हुँदासमेत प्रधानन्यायाधीश जबराले मंगलबार पेसी तोकेका थिए ।

    जबराले प्रधानन्यायाधीशका रूपमा मंगलबार अन्तिम पटक पेसी सूची तोकेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार