Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राप्रपा महाधिवेशन:

    जति थोरै राजनीतिक दलहरू त्यति धेरै राम्रो: प्रधानमन्त्री देउवा

    जति थोरै राजनीतिक दलहरू त्यति धेरै राम्रो: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आगामी दिनहरुमा सफल कार्यकालको लागि शुभकामना दिएका छन्।

    भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छोटो सम्बोधन गर्दै पार्टीलाई सफलताको शुभकामना दिएका हुन्।



    कांग्रेस सभापति देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताए । ‘एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो’, देउवाले सम्बोधनका क्रममा भने।



    देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको उनको भनाइ छ । एमालेको महाधिवेशन भर्खरै सकिएको र कांग्रेसको महाधिवेशन आउँदै गरेको उनले उल्लेख गरे ।

    राप्रपाको महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा प्रधानमन्त्री देउवासहित पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको सहभगिता रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार