Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दोलखामा एकै परिवारका तीन जना मृतावस्थामा फेला

    दोलखामा एकै परिवारका तीन जना मृतावस्थामा फेला

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् ।

    मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु दाहालले जानकारी दिए ।



    झ्यालबाट नियाल्दा तीनैजना मृत अवस्थामा देखिएकाले घटनास्थललाई सुरक्षित राखिएको उनले बताए ।



    घटनाको बारेमा आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीचौकी छौंडेबाट घटनास्थलमा पुगेका प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

    मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले कोइला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार