Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ: प्रधानमन्त्री देउवा

    ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा प्रधानमन्त्री देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे ।



    ‘नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।



    खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कम्जोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु हाम्रो प्राथमिकता रहेको बताउँदै उनले कोभिड–१९ को महामारी नसकिए पनि क्रमशः सामान्य अवस्थातिर आउँदै गरेको परिस्थितिमा आर्थिक पुनरुत्थानलाई अब तीव्रताका साथ अघि बढाइने बताए।

    प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा अब बृहतरुपको दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ, विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिति सामना गर्नु प¥यो, अहिले हामी थेरै अँध्यारोमा हौँला तर उज्यालोले हामीलाई पर्खिरहनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार