Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चोलेन्द्रले असंवैधानिक रुपमा अस्पतालबाटै अदालत चलाए: नेपाल बार

    चोलेन्द्रले असंवैधानिक रुपमा अस्पतालबाटै अदालत चलाए: नेपाल बार

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनले अस्पतालमा उपचाररत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले असंवैधानिक रुपमा अदालत चलाउन खोजेको आरोप लगाएको छ।

    बुधबार बारका महासचिव लिलामणि पौडेलले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा १२९(६) बमोजिम बिरामी भएको समयमा स्वतः वरिष्ठतम् न्यायाधीशले कायममुकायम भइ कार्य सञ्चालन गर्ने, गर्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा राणाले अवरोध सिर्जना गरेको उल्लेख गरेका छन् ।



    अदालतमा उपस्थित हुन नसकेका व्यक्तिले नै आफैं प्रधानन्यायाधीश नै हुँ भनेर पेसी तोकेर असंवैधानिक कार्य गरेको महासचिप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



    कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत राणाले मंगलबार अस्पतालबाटै पेसी तोकेका थिए । राणाले कसैलाई कायममुकायमको जिम्मेवारी दिएका छैनन्।

    ‘संविधानको व्याख्या, संरक्षण र रक्षा गर्नुपर्ने निकायका प्रमुखबाट यस किसिमको कार्य हुनु कुनै पनि अर्थमा उचित र युक्तियुक्त हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ प्रधानन्यायाधीशको रुपमा काम गर्न असमर्थ भइ सर्वोच्च अदालतमा उपस्थित समेत नभएको हुँदा नेपालको संविधानको धारा १२९ (६) को कार्यान्वयन र पालना गर्न गराउन सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराइन्छ।’

    कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश  राणा सोमबार साँझदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारारत रहेका छन्।

    यस्तो छ महासचिप पौडेलले जारी गरेको विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार