Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दै : हालसम्मको तथ्याङ्कमा को बलियो ?

    म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दै : हालसम्मको तथ्याङ्कमा को बलियो ?

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार म्यानचेस्टर युनइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बिहीबार राति (शुक्रबार बिहान) २ बजे शुरु हुनेछ।

    वर्तमान अवस्थामा प्रिमियर लिगको अंक तालिकामा युनाइटेडभन्दा आर्सनल बलियो देखिएको छ। १३ खेलबाट २३ अंक जोडेको आर्सनल तालिकाको पाँचौं स्थानमा छ। समान खेलबाट १८ अंकमात्र जोडेको युनाइटेड आठौं स्थानम रहेको छ।



    तालिकाको शीर्षस्थानमा चेल्सी छ। चेल्सीले १३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाट २९ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। २८ अंकका साथ लिभरपुल तेस्रो स्थानमा छ।



    जारी सिजन कमजोर प्रदर्शन गरेको युनाइटेल आर्सनलविरुद्धको खेल जित्ने दाउमा छ। हालसम्म यी दुई टोलीबीच २ सय ३४ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ९९ खेलमा युनाइटेड विजयी भएको छ।

    त्यस्तै ८५ खेलमा आर्सनलले जित निकोलेको छ भने ५० खेल बराबरीमा सकिएको छ। दुई टोलीको पछिल्लो खेल गोलरहित बराबरीमा सकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार