Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानमन्त्रीका लागि बंकरसहितको आलिशान आवास तयार, कति लाग्यो खर्च ?

    प्रधानमन्त्रीका लागि बंकरसहितको आलिशान आवास तयार, कति लाग्यो खर्च ?

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीका लागि बालुवाटारमा बंकरसहितको आलिसान भवन बनाइएको छ।

    सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले उक्त भवन मंसिर २४ गते उक्त प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने छ। हाल प्रधानमन्त्री मुख्य सचिवको सरकारी आवासमा बस्दै आएका छन्। सुरक्षाका दृष्टिले प्रधानमन्त्रीका लागि बंकरसहितको आवास भवन निर्माण गरिएको हो।



    नयाँ तीन तले भवनमा २२ कोठा छन्। लिफ्टसहितको भवनमा आधुनिक किचन, पाहुना कोठा, जिम कक्ष लगायत रहनेछ।



    आयोजनाको अर्को सार्वजनिक भवनको निर्माण कार्य भने बाँकी नै छ। सार्वजनिक यो भवन असार मसान्तसम्म हस्तान्तरण गरिने श्रेष्ठको भनाई छ। २०७६ भदौ १२ मा भएको सम्झौताअनुसार २०७८ भदौमा दुबै भवनको निर्माण सक्नुपर्ने थियो।

    तर हाल एम भवनको काम सम्पन्न भएको छ। दुई भवन निर्माणका लागि कन्टेक निर्माण कम्पनीले ३३ करोड ८० लाख रुपैयाँमा ठेक्का लिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार