Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • चोरीका मोटरसाइकल चलाउने दुईजना पक्राउ

    चोरीका मोटरसाइकल चलाउने दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरीले नक्कली विलबुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली विलबुक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई आज पक्राउ गरेको हो ।



    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रदेश ३–०२–०११ प ४४०४ नम्बर रहेको पल्सर मोटरसाइकललाई नम्बर परिवर्तन गरेर नक्कली विलबुक बनाएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाडौँ महानगरपालिका–३२ का दुर्गानारायण श्रेष्ठले ट्राफिक महाशाखामा निवेदन दिएका थिए ।



    पक्राउ गरिएको मोटरसाइकल र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बनोश्वर पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार