Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

    कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने पार्टीको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए ।



    उनका अनुसार मङ्सिर १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हँुदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको छ ।



    मङ्सिर १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय गरिएको छ । उक्त प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् । अधिवेशनमा तीन हजारभन्दा बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार