Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आजको मौसम : यी स्थानमा भारी हिमपात हुने

    आजको मौसम : यी स्थानमा भारी हिमपात हुने

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    अहिले सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।



    बिहीबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।



    शुक्रबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू–भागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार