Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजबाट कांग्रेसको प्रदेश अधिवेशन, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

    आजबाट कांग्रेसको प्रदेश अधिवेशन, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन शुरु हुँदैछ । बिहीबारबाट सातवटै प्रदेशमा प्रादेशिक अधिवेशन हुने भएको हो ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ ।



    १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।



    कांग्रेसको प्रादेशिक अधिवेशन प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे प्रादेशिक अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार