Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चोलेन्द्रले कार्यबाहक नदिँदा मुद्धा प्रभावित, आज गोलाको पेसी सूची अझै सार्वजनिक भएन

    चोलेन्द्रले कार्यबाहक नदिँदा मुद्धा प्रभावित, आज गोलाको पेसी सूची अझै सार्वजनिक भएन

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा आज (बिहीबार)का लागि मुद्धाको पेशी सूची अझै सार्वजनिक भएको छैन । सामान्यतया: बिहान १० बजे पेशी सूची सार्वजनिक हुने र ११ बजेदेखि मुद्धाको सुनुवाइ सुरु हुन्छ।

    तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमण भएर अस्पतालमा रहेपछि मुद्धाको सुनुवाइ प्रभावित बनेको हो।



    न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोस्दै सर्वोच्चले वुधबारबाट गोला प्रणालीवाट पेसी तोक्न सुरू गरेको थियो।



    उनले कार्यबाहकको जिम्मेवारी नदिएपछि पेशी सूची सार्वजनिक हुन नसकेको बुझिएको छ । यता, सर्वोच्च प्रशासनका अनुसार सर्वोच्चमा यतिबेला बारका प्रतिनिधि र न्यायाधीशहरूबीच छलफल चलेका कारण पेसी सूची सार्वजनिक हुन नसकेको हो।

    यसअघि आज (बिहीबार) बिहान सत्ता गठबन्धनको बैठकले कार्यबाहक दिएर बिदामा बस्न प्रधानन्यायाधीश राणालाई सुझाव दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार