Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सर्वोच्चमा गोला प्रथा प्रणालीको दोस्रो दिन: १० इजलासमा तोकियो १९२ मुद्दाका पेसी

    सर्वोच्चमा गोला प्रथा प्रणालीको दोस्रो दिन: १० इजलासमा तोकियो १९२ मुद्दाका पेसी

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ ।

    प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न दिला भएको हो ।



    सधैँ बिहान १०ः१५ बजेतिर पेसी तोकिन्थ्यो । आज १ः३० मा मात्र पेसी तोकिएको छ । गोलाप्रथाबाट बुधबारदेखि मुद्दामा पेसी तोक्न सुरु गरिएको हो । आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ ।



    गोलाप्रथाबाट आज १० इजलास गठन भएका छन् । तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन् । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचारारत रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार