Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राप्रपा महाधिवेशन: महामन्त्रीमा उम्मेदवारी दिने रेखा थापाको घोषणा

    राप्रपा महाधिवेशन: महामन्त्रीमा उम्मेदवारी दिने रेखा थापाको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नायिका रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा नायिका थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

    राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।



    रेखा यसअघि अध्यक्ष पशुपति शमशेर राणा निकट थिइन् । यसपटक राणा अध्यक्षमा नउठ्ने भएका छन् । हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ।



    पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ ।

    नायिका थापा वि.सं २०७३ मा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको बिचार मन पर्यो भन्दै माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार