Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सिभिल सहकारीका पीडितहरुको माइतीघरमा प्रदर्शन: ‘दुख पायो साराले इच्छाराजको पाराले’

    सिभिल सहकारीका पीडितहरुको माइतीघरमा प्रदर्शन: ‘दुख पायो साराले इच्छाराजको पाराले’

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताहरुले आफ्नो वचत फिर्ताको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    बिहीबार संस्थाका वचतकर्ताहरुले आफूहरुले सहकारीमा राखेको रकम पनि फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनका क्रममा वचतकर्ताहरुले सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।



    सहकारीका सञ्चालक इच्छाराज तामाङलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । उनीमाथि वचतकर्ताको रकम फिर्ता नगरेर करोडौं ठगी गरेको उजुरी परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार