Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पशुपति विकास कोषको कोषाध्यक्षका लागि अस्वस्थ चलखेल, शशी पाण्डेलाई नियुक्ति गर्न झलनाथको बदनाम

    पशुपति विकास कोषको कोषाध्यक्षका लागि अस्वस्थ चलखेल, शशी पाण्डेलाई नियुक्ति गर्न झलनाथको बदनाम

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी पार्टी)को तर्फबाट राजनीतिक नियुक्ति हुनका लागि रकमको चलखेलमात्रै होइन, एकले अर्काको चरित्रहत्याको शृंखला नै चलाउने क्रम सुरु भएको छ । नेकपा समाजवादीका नेताले सम्हालेका मन्त्रालयमा नियुक्ति हुनका लागि मात्र उक्त पार्टीमा प्रवेश गर्ने र नियुक्ति भएपछि बाई बाई गर्ने अनुहारहरु पनि प्रकट हुन थालेका छन् ।

    सन्दर्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पशुपति विकास कोषको हो । कोषको कोषाध्यक्ष पद रिक्त छ । उक्त पदमा नियुक्तिका लागि नेकपा समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले सहारा न्यौपानेको नाम सिफारिस गरेका थिए । खनालले न्यौपानेलाई नियुक्तिका लागि सिफारिस गरिसकेपछि उनलाई रोक्न शशीराज पाण्डेको समूह सक्रिय रुपमा लाग्यो ।



    न्यौपानेका बिरुद्ध मिडियामा चरित्रहत्या गर्ने समाचार पनि प्रवाह गरिए । बरिष्ठ नेता खनालसँग जोडेर न्यौपानेलाई नियुक्ति हुनबाट रोक्दैआएको पाण्डेको समूहले राज्य ब्यवस्था समितिका प्रमुख तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेकपा समाजवादीकी सांसद कल्याणी खड्कालाई ५० औं लाख रुपैयाँको कबोल समेत गरेको स्रोतले बताएको छ ।



    शशीराज पाण्डेको पक्षमा खुलेर नलागेकी सांसद खड्काले उनको बोलकबोलपछि उनलाई नियुक्ति गर्न पर्यटन मन्त्री प्रेम आलेलाई चर्को दबाब दिन थालेकी छन् । शशीराज पाण्डे महाराजा होटल संचाला गरिसकेकाले उनी जसरी पनि पशुपतिमा जाने खेलमा छन् । त्यसका लागि उनले नेकपा समाजवादीका नेताहरुलाई रकम नै कबोल गर्दै हिंडेका छन् ।

    शशीराजलाई नियुक्ति गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीका भान्जा बालकृष्ण शिवाकोटी पनि लागेका छन् । शिवाकोटी ओलीको किचन क्याबिनटेका हुन् । उनका भाइ रमेश शिवाकोटी दोस्रो कार्यकाल पनि पशुपति विकास कोषका संचालकमा नियुक्त भइसकेका छन् । शशीराज पाण्डेलाई नियुक्ति गरी पशुपतिको बालुवादेखि विभिन्न स्र्रोत कब्जा गर्न बालकृष्ण शिवाकोटी लागेका छन् । पशुपति विकास कोषको स्वामित्वमा अरबौंको बालुवा छ । जुन बालुवामा शिवाकोटीले आँखा गाडेका छन् ।

    बालकृष्ण शिवाकोटीकै योजनामा मिलनकुमार थापा सदस्य सचिव भइसकेका छन् भने अब कोषाध्यक्ष पाण्डेलाई ल्याउन उनले नै नेकपा समाजवादीका राजेन्द्र पाण्डेदेखि कल्याणी खड्कासम्मलाई अग्रिम भेटी समेत दिने गरी सेटिङ मिलाएको स्रोत बताउँछ । पाण्डे र खड्काले शशीराजसँग पेश्की ब्ुझिसकेकाले उनीहरुले राज्यब्यवस्था समितिबाट उनको नाम मन्त्री आलेलाई दिएको स्रोत बताउँछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार