Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    ३१५ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, २०१ जना डिस्चार्ज

    ३१५ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, २०१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 906
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ४०३ नमुना परीक्षणमा ३१५ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१ जना भने संक्रमणमुक्त भएका छन् ।



    यसैगरी, विहीबार कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ११ हजार ५३५ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार