Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अस्पतालबाट प्रधानन्यायाधीश राणाले भने- भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ

    अस्पतालबाट प्रधानन्यायाधीश राणाले भने- भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू बिदामा नबस्ने जानकारी गराएका छन् ।

    स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग फोनमा कुरा गर्दै आफू शुक्रबार अस्पतालबाट निवास फर्कने जानकारी गराएका हुन् ।



    जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने र बिदामा नबस्ने जानकारी गराएको ती न्यायाधीशको भनाइ उधृत गर्दै स्रोतले जानकारी दियो।



    कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भइ उपचाररत छन्।

    यसअघि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न आग्रह गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार