Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो छ आज मङ्सिर १७ गते शुक्रबारको राशिफल

    यस्तो छ आज मङ्सिर १७ गते शुक्रबारको राशिफल

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.1K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

     



    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनेछ ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता र भौतिक साधन जुटाउने समय छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । विवाद बढ्ने र चोटपटक पनि लाग्न सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । रमाइलो र धार्मिक यात्राको योग पनि छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्मसंस्कृति सभासमारोहमा सरिक हुने अवसर पनि मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । कुलतमा मन जानसक्छ । झैझमेलाको अवस्था पनि आउला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार