Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • दैनिक ७ करोड घाटामा काम गरिरँदा पनि सुख पाइएन, निगम रहला कि नरहला भन्ने पहिलो विषय : आयल निगम

    दैनिक ७ करोड घाटामा काम गरिरँदा पनि सुख पाइएन, निगम रहला कि नरहला भन्ने पहिलो विषय : आयल निगम

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेपाल आयल निगम निरन्तर आलोचनाको सिकार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारअनुसार मुल्य समायोजन गरिएको भनिएपनि उता मूल्य घट्दा पनि नेपालमा भने घटेको छैन।

    निगमले भने अझै पनि घाटा बेहोरेर पेट्रोलियम पदार्थ बिक्रि गरिरहेको दाबी गर्दै आएको छ। यसैबीच कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयभन्दा पनि आयल निगम रहने कि नरहने भन्ने पहिलो विषय भएको बताएका छन्।



    बिहिबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा निर्देशक पौडलेले निगमले दैनिक साढे ७ करोड घाटा खाइरहेको जानकारी दिए।



    यति ठूलो घाटा बेहोरेर काम गरिरहेको अवस्थामा मूल्यवृद्धि गरेको विषय उठान गर्नुभन्दा पनि आयल निगम रहने कि नरहने भन्ने विषय प्रमुख भएको पौडेलको भनाइ छ। निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु पर्ने अवस्था श्रृजना पनि गर्न नहुने बताए।

    निगम आफैंले ठूलो घाटा खाएर काम गरेपनि उल्टै निगमलाई नै विवादित बनाउनु राम्रो नभएको बताए। कार्यकारी निर्देशक पौडेलले निगमले सबैभन्दा बढी एलपी ग्यासमा घाटा रहेको जानकारी दिए। पौडेलले एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको बताएका छन्।

    छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्यास खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए। ग्यासको खपत कम गर्ने विकल्पबारे पनि छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार